Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

बंशजको आधारमा नेपाली नागरिकता

लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

शुल्क

रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ८)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार नयाँ नागरिकता
क) निवेदक यसै जिल्लाको भएको (विवाहित महिला बाहेक)

१. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन 

२. फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)

३. बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)

४. जन्मदर्ता प्रमाण-पत्र/नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)

५. ठेगाना परिवर्तनको हकमा बसाईसराई प्रमाण पत्र

६. बुबा, आमा सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।

७. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।

ख) विवाहित महिला

१. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारमको निवेदन

२. फोटो दुई प्रति ( अनुसूची-१ फारम‍मा टाँस भए अनुसार )

३. बाबु / आमाको ना.प्र.प. ( मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्‍ता भित्रको नातेदारसँगको नाता खुल्‍ने नाता प्रमाणपत्र र नागरिकता )

५. विवाह दर्ता प्रमाण-पत्र

६. पति / ससुराको नागरिकताको प्रमाण पत्र

७. पति / सासु / ससुरा / जेठाजु / देवर मध्ये कसैको सनाखत 

८. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु। साथै अन्य जिल्लाबाट बसाईसराई गरी आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा र सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो भिडेको अभिलेख प्राप्‍त हुनु पर्नेछ। ठेगाना परिवर्तनको हकमा बसापसराइ प्रमाण पत्र, जग्‍गा धनी प्रमाण पत्र पुर्जा, घरको नक्सा पास प्रमाण पत्र पेश गर्नु पर्नेछ।

९. बाबु / आमा नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत र पानी, बिजुली, टेलिफोन महसुल कार्ड जस्ता बासको प्रमाण ।
2

बैवाहिक अङ्गिकृत नागरिकता (महिलाका लागि)

लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

शुल्क

रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ८)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार नयाँ नागरिकता
१. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसूची फारम नं. ७

२. पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि।

३. विवाहदर्ता प्रमाण पत्रको प्रतिलिपि।

४. विदेशी नागरिकता प्रमाणपत्र त्यागेको वा त्याग गर्न कारवाही चलाएको निश्सा।

५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत।

६. फोटो २ प्रति ( कर्मचारी परिवार भए ४ प्रति ) ।

७. भिसा लाग्‍ने देशको महिला भए मान्य अवधिको भिसा ।  
3

आदिवासी, जनजाति/दलित/मधेसी सम्बन्धी प्रमाणित

लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

शुल्क

रु.१० को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा प्रशासन शाखा (कोठा नं - ५)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार आदिवासी, जनजाति/दलित/मधेसी सम्बन्धी प्रमाणित
१. स्थानीय तहको सिफारिस ।

२. स्वयम् व्यक्तिको निवेदन ।

३. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
4

राष्‍ट्रिय परिचय पत्र

लाग्ने समय

सोही दिन 

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा खकेन्द्र बहादुर बिष्ट - राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा (कोठा नं - १५)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार राष्‍ट्रिय परिचय पत्र
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल ।

२. बाबु / आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( उपलब्ध भएसम्म ) ।

३. नागरिकता प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्‍ने प्रमाणपत्र वा वडाको सिफारिस ।

४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ।

५. बसाई सराई गरेका हकमा बसाई सराई दर्ताको प्रमाणपत्रको सक्कल ।

६. विवाहितको हकमा नागरिकताको प्रमाणपत्र पति / पत्‍नीको नाम उल्लेख नभएमा विवाह दर्ता  प्रमाणपत्र सक्कल ।
5

नयाँ राहदानी

लाग्ने समय

15 दिन देखि 2 महिना सम्म

शुल्क

राष्ट्रिय वाणिज्य बैँकमा राहदानी दस्तुर रकम रु.५०००।– तिरेको रसिद साथै (राहदानी हराएको/च्यातिएको वा कुनै किसिमले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ)

१० वर्ष मुनिका नाबालिगको हकमा रु. २५००।–

जिम्मेवार कर्मचारी/शाखा राहदानी शाखा (कोठा नं - १६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार राहदानी
१. रीतपूर्वक भरिएको Bar code सहितको विद्युतीय राहदानी फाराम ।

२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।

३. नाबालकको हकमा नाबालक परिचयपत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको सक्कल नागरिकता, आमा र बाबुको विवाहदर्ता। संरक्षकको नागरिकता सक्कल (नागरिकताको अभिलेख भिडेको हुनुपर्ने) ।

४. पहिले राहदानी MRP लिएको भए सोको सक्कल ।

५. नागरिकता प्राप्‍त व्यक्तिको हकमा राष्‍ट्रिय परिचयपत्र वा राष्‍ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण ।

६. निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Bio-metric) दिनुपर्नेछ ।

७. राहदानी विभागबाट तयार भई आएका ई-पासपोर्ट लिन आउँदा यस कार्याबाट उपलब्ध गराइएका सक्कल कागजात सहित स्वयं उपस्थित भई बुझिलिने। सम्बन्धित व्यक्ति उपस्थित हुन नसक्ने अवस्थामा निजका आफन्त नातेदार वडा कार्यालयको सिफारिस, सक्कल ना.प्र.प. र यस कार्यालयबाट उपलब्ध गराइएका सक्कल कागजात सहित बुझिलिने।
6

राहदानी नवीकरण

लाग्ने समय

15 दिन देखि 2 महिना सम्म

शुल्क

रु. ५०००/- म्याद सकिएको एक वर्ष भन्दा बढी भए रु. १००००/-

जिम्मेवार कर्मचारी/शाखा राहदानी शाखा (कोठा नं - १६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार राहदानी

१. रीतपूर्वक भरिएको Bar code सहितको विद्युतीय राहदानी फाराम ।

२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. बैंकमा रकम जम्मा गरेको भौचर ।

४. पुरानो राहदानीको सक्कल ।
7

हातहतियार ईजाजत सम्बन्धी

लाग्ने समय

आवश्यक प्रमाण संकलन भएको भोलिपल्ट

शुल्क

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम(शुल्क)

जिम्मेवार कर्मचारी/शाखा हातहतियार शाखा (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार हातहतियार सम्बन्धी
१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन।

२. निवेदकको निरोगिता प्रमाण पत्र ।

३. प्रहरी प्रतिवेदन।
8

हातहतियार नामसारी सम्बन्धी

लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

शुल्क

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम(शुल्क)

जिम्मेवार कर्मचारी/शाखा हातहतियार शाखा (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार हातहतियार सम्बन्धी
१. नागरिकता प्रमाण पत्रको प्रतिलिपि सहितको निवेदन ।
२. ईजाजतपत्र
३. दुई पक्ष बीचको नामसारी सम्बन्धी कागजात ।
४. नामसारी गरि लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ।
५. मरुवा सरुवाको हकमा ईजाजत-पत्रवालासँगको नाता प्रमाणित, अंसियार भए स्थानीय तहको रहोवरमा गरीएको सवै अंसियारको मञ्जुरीनामा समेत
9

हातहतियार नविकरण सम्बन्धी

लाग्ने समय

निवेदन परेको दिन

शुल्क

रु १०।- को हुलाक टिकट र नियमावली मा तोकिए बमोजिम(शुल्क)

जिम्मेवार कर्मचारी/शाखा हातहतियार शाखा (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार हातहतियार सम्बन्धी
१. निर्धारित ढाँचाको निवेदन ।
२. सक्कल ईजाजत पत्र
10

हातहतियार ईजाजत प्रतिलिपि सम्बन्धी

लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

शुल्क

रु १०।- को हुलाक(शुल्क)

जिम्मेवार कर्मचारी/शाखा हातहतियार शाखा (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार हातहतियार सम्बन्धी
१. सम्वन्धित स्थानीय तहको फोटो प्रमाणित सहितको सिफारिश
२. ना.प्र. प्रमाण पत्रको नक्कल र ईजाजत नम्बर सहितको निवेदन
11

संघ संस्था दर्ता

लाग्ने समय

आवश्यक जांचबुझ सकेको भोलिपल्ट

शुल्क

रु १०।- को हुलाक टिकट
रु १०००।-(शुल्क)

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. रित पूर्वक निवेदन।
२. सम्बन्धित स्थानीय तहको सिफारिस पत्र।
३. आमभेला बैठकको निर्णय।
४. संस्थाको उद्देश्यको सम्बन्धमा आवश्यकता अनुसार जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित निकायको प्रतिक्रिया एवं राय माग गर्न सकिने।
५. ४ (चार) प्रति विधान।
६. कार्य समितिको निर्णय र पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि।
७. उपर्युक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ।
12

संस्था नविकरण

लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

शुल्क

रु १०।- को हुलाक टिकट
रु ५००।-

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. तोकिएको निवेदन फाराम।
२. कार्यसमितिको निर्णयको प्रतिलिपि।
३. लेखा परीक्षण प्रतिवेदन।
४. वार्षिक प्रगति विवरण।
५. लेखा परीक्षकको ईजाजत पत्र, नविकरण पत्र समेत ।
६. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि । 
७. कार्यक्षेत्र संग सम्बन्धित जिल्लाको स्थानीय तहको सिफारिस पत्र।
८. संस्था दर्ता प्रमाण पत्र ।
९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र ।
१०. बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र ।
13

संस्थाको विधान संशोधन

लाग्ने समय

प्रकृया पुरा भएमा सोही दिन

शुल्क

रु १०।- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. तोकिएको फाराममा साविकमा भएको स्वीकृती विधानमा थपघट गर्नुपर्ने कारण खुलाई साधारणसभाको निर्णयको प्रतिलिपि ।
२. स्वीकृत सक्कल विधान ।
३. तीन महले संशोधित विधानको २ प्रति प्रतिलिपि ।
14

जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी

लाग्ने समय

सोही दिन

शुल्क

१०।- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. रित पूर्वक निवेदन ।
२. संस्थाको कार्यसमितिको निर्णय ।
३. विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
४. स्थानीय तहको सिफारिस पत्र ।
५. शाखा खोल्ने सम्बन्धित पदाधिकारीहरुको ना.प्र.प. प्रतिलिपि ।
६. कर चुक्ता प्रमाण पत्र ।
७. स्थायी लेखा. नं. को छायाँप्रति ।
८. समाज कल्याण परिषद आवद्धता प्र.प. ।
९. आवश्यकता अनुसार प्रहरी प्रतिवेदन बुझ्ने ।
15

पत्रपत्रिका दर्ता सम्बन्धी

लाग्ने समय

प्रकृया पुगेपछि तुरुन्त

शुल्क

रु १०।- को हुलाक टिकट
दैनिक पत्रिका रु १०००।- 
अर्धसाप्ताहिक रु. ७००।- 
साप्ताहिक रु. ५००।- 
पाक्षिक रु. ३००।- मासिक

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. रित पूर्वकको निवेदन ।
२. प्रकाशकको ४ प्रति फोटो र नागरिकता प्रतिलिपि ।
३. प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र नविकरण भएको प्रमाण, कर चुक्ताको प्रमाण, अडिट रिपोर्ट, संचालकहरुको वैठकको निर्णय समेतका कागजातको प्रतिलिपिहरु ।
४. संचालकहरु सबैको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिहरु ।
५. सम्पादकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि । 
६. सम्पादकको शैक्षिक योग्यताको (एस.एल.सी. देखि स्नातक तह सम्मको) मार्कसिट, चारित्रिक प्रमाण पत्र र प्रोभिजनल सर्टिफिकेटका प्रतिलिपि वा एस.एल.सी. उतिर्ण  गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाण पत्रको समेतका प्रमाणहरुको प्रतिलिपि ।
७. सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको कागज तथा पत्रिकामा सम्पादक रही काम गर्ने बारेको सम्पादकको मन्जुरीनामाको कागज ।
८. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मन्जुरी दिएको सिफारिस । 
९. छापाखाना दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि ।
१०. छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको प्रतिलिपि । 
११. छापाखानाको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।
16

छापाखाना संचालन सम्बन्धी

लाग्ने समय

प्रकृया पुगेपछि तुरुन्त

शुल्क

रु १०।- को हुलाक टिकट
रु १०००।-

जिम्मेवार कर्मचारी/शाखा संघ संस्था फाँट (कोठा नं - ६)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार संघसंस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी
१. रित पूर्वक निवेदन ।
२. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि ।
३. कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो ।
४. मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
५. छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको नक्सा ।
६. छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि ।
७. संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन ।
17

तत्काल राहात र अन्य विपद सहयोग

लाग्ने समय

सोही दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा लेखा शाखा (कोठा नं - ३)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार विपद् र दैवी प्रकोप सम्बन्धी
१. सम्बन्धित गा.पा./न.पा.को सिफारिस।
२. प्रहरी प्रतिवेदन।
३. निवेदन र परिचय खुल्ने कागज ।
18

जीवन निर्वाह भत्ता

लाग्ने समय

सोही दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा लेखा शाखा (कोठा नं - ३)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार विपद् र दैवी प्रकोप सम्बन्धी
१. सम्बन्धित गा.पा./न.पा.को सिफारिस ।
२. निवेदन र परिचय खुल्ने कागज ।
19

शान्ति सुरक्षाको निवेदन सम्बन्धी

लाग्ने समय

तत्काल

शुल्क

रु १०।- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा स्थानीय प्रशासन फाँट (कोठा नं - ४)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा निवेदन सम्बन्धी
१. सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरि मनासिब व्यहोरा खुलेको निवेदन ।
20

गुनासो वा ठाडो उजुरी सम्बन्धी

लाग्ने समय

तत्काल 

शुल्क

रु १०।- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा स्थानीय प्रशासन फाँट (कोठा नं - ४)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार शान्ति सुरक्षा निवेदन सम्बन्धी
१. सम्बन्धित निवेदकको ना. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिब व्यहोरा खुलेको निवेदन ।
21

अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी

लाग्ने समय

शीघ्र

शुल्क

रु १०।- को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा स्थानीय प्रशासन फाँट (कोठा नं - ४)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन
१. अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको भन्ने व्यहोरा खुलेको निवेदन कुनै पनि व्यक्ति, संस्था वा समुहले दिन सक्ने । 

२. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात एवं प्रमाण । 
22

नागरिकताको प्रतिलिपी

लाग्ने समय

प्रमाण पुगेकोमा सोही दिन

शुल्क

रु.१ को हुलाक टिकट

जिम्मेवार कर्मचारी/शाखा नागरिकता शाखा (कोठा नं - ८)
गुनासो सुन्ने अधिकारी
नागरिक वडापत्रको प्रकार नागरिकताको प्रतिलिपी
१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने) 
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, 
४)अन्य जिल्लाबाट विवाह बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख ।
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

कोठा नं.  बाट कार्य सम्पन्न हुने । 

प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-08 12:51:42

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम .