रु.१० को हुलाक टिकट
प्रमाण पुगेकोमा सोही दिन
क) निवेदक यसै जिल्लाको भएको (विवाहित महिला बाहेक)
१. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारामको निवेदन
२. फोटो दुई प्रति (अनुसूची-१ फाराममा टाँस भए अनुसार)
३. बाबु/आमाको ना.प्र.प. (मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाण पत्र र नागरिकता)
४. जन्मदर्ता प्रमाण-पत्र/नाबालक परिचय पत्र (शैक्षिक योग्यताको प्रमाण पत्र हुनेका हकमा सो समेत)
५. ठेगाना परिवर्तनको हकमा बसाईसराई प्रमाण पत्र
६. बुबा, आमा सो नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत ।
७. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु ।
ख) विवाहित महिला
१. सम्बन्धित स्थानीय तहबाट फोटो प्रमाणित सहितको अनुसूची-१ फारमको निवेदन
२. फोटो दुई प्रति ( अनुसूची-१ फारममा टाँस भए अनुसार )
३. बाबु / आमाको ना.प्र.प. ( मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, आफ्नो वंशज तर्फको तीन पुस्ता भित्रको नातेदारसँगको नाता खुल्ने नाता प्रमाणपत्र र नागरिकता )
५. विवाह दर्ता प्रमाण-पत्र
६. पति / ससुराको नागरिकताको प्रमाण पत्र
७. पति / सासु / ससुरा / जेठाजु / देवर मध्ये कसैको सनाखत
८. उक्त प्रमाण पत्रहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु। साथै अन्य जिल्लाबाट बसाईसराई गरी आउनेहरुको लागि बसाई सरी आएको जिल्लाबाट बाबु आमा र सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ। ठेगाना परिवर्तनको हकमा बसापसराइ प्रमाण पत्र, जग्गा धनी प्रमाण पत्र पुर्जा, घरको नक्सा पास प्रमाण पत्र पेश गर्नु पर्नेछ।
९. बाबु / आमा नभए दाजु वा भाई वा तीन पुस्ता भित्रको नजिकको अभिभावकको सनाखत र पानी, बिजुली, टेलिफोन महसुल कार्ड जस्ता बासको प्रमाण ।