रु.१३ को हुलाक टिकट
प्रमाण पुगेकोमा सोही दिन
१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने)
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत,
४)अन्य जिल्लाबाट विवाह बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख ।
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
कोठा नं. ८ बाट कार्य सम्पन्न हुने ।
प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।