2076-03-05
2076-03-05
"समृद्ध राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन" भन्ने नाराका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१९ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज २०७६।०३।०५ गते बिहान ७ बजे स्थानीय खुलामञ्चबाट प्रभातफेरीका साथ निस्केको र्याली नगरका विभिन्न ठाउँको परिक्रमा गरी जिल्ला समन्वय समिति, अछामको सभाहलमा एक समारोहका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री नरबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी श्री भोजराज श्रेष्ठ, जिल्ला स्थित स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, राजनीतिक दलका प्रतिनिधी, सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधीहरु, जिल्ला स्काउट, शिक्षक/विद्यार्थी तथा नेपाल प्रहरीको उपस्थिति रहेको थियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, अछाम
Powered By: ProActive Developers