आगलागीबाट पीडित परिवारलाई राहत वितरण
2076-02-15
2076-02-15
तस्बिर :
मिति २०७६।०२।१४ गते जिल्ला दैवि प्रकोप उद्दार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला प्रमुख अधिकारी श्री भोजराज श्रेष्ठको नेतृत्वमा गएको मंगलसेन नगरपालिका प्रमुख श्री पदमबहादुर बोहरा, प्रहरी नायव उपरीक्षक जनकबहादुर शाही, नेपाल रेडक्रस सोसाईटी अछामका मन्त्री ध्रुवबहादुर शाही लगायतको टोलीले ढकारी गाउँपालिका वडा नं.०४ स्थित बलातामा यही जेठ १० गते साँझ भएको आगलागिबाट पिडित ७ (सात) घरपरिवारलाई निम्न बमोजिमको राहत सामाग्री वितरण गरिएको ।
निम्न :
- जिल्ला प्रशासन कार्यालय अछामबाट प्रति परिवार रु. १०,००० (दश हजारका) दरले जम्मा ५०,००० (पचास हजार)
- मंगलसेन बजारबाट संकलन गरिएका रु. ८०,०१० (असी हजार दश)
- पुष्प बहादुर शाह बाट रु.५,००० (पाँच हजार)
- बम बहादुर विसी बाट रु.१,००० (एक हजार)
- मंगलसेन नगरपालिकाबाट खाद्यसामाग्री, कम्बल लगायतका राहत सामाग्री
- रेडक्रस सोसाईटी अछामबाट त्रिपाल, भाडावर्तन, कम्बल, लुगाकपडा लगायतका ७ सेट राहत सामाग्री
- ढकारी गाउँपालिकाका अध्यक्ष श्री धन बहादुर बुढाले एक वर्षको तलव, उपप्रमुख श्री लक्ष्मी साउद र गाउँपालिकाका कर्मचारीहरुले एक/एक महिनाको तलव राहत स्वरुप दिने घोषणा गरेका ।
