Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन एवम् दर्ता कार्यको शुभारम्भ

2076-03-30

2076-03-30


IMG20190711114133(2).jpg तस्बिर :

मिति २०७६।०३।२९ गते राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन एवम् दर्ता कार्यक्रम जिल्ला प्रशासन कार्यालय, अछाममा ‌औपचारिकरुपमा सुरु भयो । जिल्ला समन्वय समिति, अछामका प्रमुख नरबहादुर कुँवरको प्रमुख आतिथ्यता एवम् मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा र उपप्रमुख सरिता उपाध्यायको विशेष उपस्थितिमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन एवम् दर्ता कार्यक्रम सुरुवात गरिएको हो । कार्यक्रममा अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, जिल्ला स्थित विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।