Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

एकीकृत घुम्ती सेवा शिविर (मेल्लेख गाउँपालिका वडा नं. ३ र ५)

2 महिना अगाडी

2075-10-14


IMG20190126134441.jpg तस्बिर :

जिल्ला प्रशासन कार्यालय अछामको आयोजना र मेल्लेख गाउँपालिकाको संयोजनमा मिति २०७५।१०।११ देखि २०७५।१०।१२ गतेसम्म यस जिल्लाको दुर्गम क्षेत्रका रुपमा रहेका मेल्लेख गाउँपालिका वडा नं. ३ ठाँटी र वडा नं. ५ विन्धेवासिनीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी तपशिल अनुसारको सेवा प्रदान गरियो ।   

तपशिल

१.   नेपाली नागरिकता प्रमाणपत्र वितरणः

     महिलाः १५९ + पुरुषः १२८ जम्माः- २८७ (दुईसय सतासी) 

२.   फोटो सहितको मतदाता नामावली सङ्कलनः

     महिलाः १५६ + पुरुषः १३९ जम्माः- २९५ (दुईसय पञ्चान्नब्बे)

३.     अछाम जिल्ला अस्पतालका चिकित्सकद्वारा भिडियो एक्सरे सहितको स्वास्थ्य जाँच र औषधी वितरणः

      महिलाः १८३ + पुरुषः ४३ जम्माः- २२६ (दुईसय छब्बिस)