Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

Visit Nepal 2020 - Ministry of Home Affairs

निजामती सेवा दिवस २०७६ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।


आज मिति २०७६।०५।२२ गते निजामती सेवा दिवस २०७६ को अवसरमा सक्षम निजामती प्रशासनः विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ आयोजित शुभकामना आदानप्रदान तथा व्याटमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम जिल्ला प्रशासन कार्यालय, अछामको प्राङगणमा सम्पन्न भयो । जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नर बहादुर कुँवर प्रमुख आतिथी रहनु भएको थियो । कार्यक्रममा मंगलसेन नगरपालिकका नगर प्रमुख पदम बहादुर बोहराको विशेष अतिथी  रहनु भएको थियो । उक्त कार्यक्रममा अछामका प्रहरी प्रमुख जनक बहादुर शाही, विभिन्न राजनितक दलका प्रतिनिधी, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुख तथा प्रतनिधी र खेलाडीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निजामती सेवा दिवसको अवसरमा आयोजित व्याटमिन्टन प्रतियोगितामा प्रथम, द्धित्तिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार र प्रमाणपत्र तथा सहभागी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको  थियो ।