Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, अछाम

अछाम जिल्ला



अछाम जिल्लाको स‌ंक्षिप्त परिचय

भौगोलिक हिसाबले सुदूरपश्चिम क्षेत्रको पहाडी जिल्ला मध्ये सबैभन्दा ठुलो जिल्लाको रुपमा अछाम जिल्ला रहेको छ । ८१.०२ डिग्री देखि ८१.३५ डिग्री पुर्वी देशान्तर तथा २८.४५ डिग्री देखि २९.३३ डिग्री उत्तरी अक्षांश सम्म फैलिएको यस जिल्लामा २ वटा निवार्चन क्षेत्र, ४ वटा नगारपालिका र  ६ वटा गाउँपालिकाहरु रहेका छन् । यस जिल्लाको पुर्वमा दैलेख¸ पश्चिममा डोटी¸ उत्तरमा कालिकोट र बाजुरा तथा दक्षिणमा सुर्खेत जिल्ला अवस्थित छ । १६९२ व.कि.मि. क्षेत्रफल रहेको यस जिल्लाको सदरमुकाम मंगलसेन १३२६ मीटर उचाईमा रहेको छ । साँफेबगर¸ कमलबजार¸ बिनायक¸ मंगलसेन आदी यहाँका प्रमुख व्यापारिक केन्द्रहरु हुन् । खप्तड¸ बिनायक¸ रामारोशन¸ बैजनाथ¸ प्रमुख प्रर्यटकिय गन्तव्यहरु हुन् ।

अछाम जिल्लामा रहेका स्थानीय तहहरुको विवरण

क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या जनसंख्या क्षेत्रफल
(वर्ग कि.मी.)
मंगलसेन नगरपालिका बान्नातोली, बस्ती, कालागाउँ गा.वि.स. र मंगलसेन नगरपालिका १४ ३२३३१ २२०.१४
कमलबजार नगरपालिका कुईका (१-५), वीरपथ, घोडासेन (२-६) र कमलबजार नगरपालिका १० २३७३८ १२०.७८
साँफेबगर नगरपालिका बुढाकोट, घुघुरकोट. देवीस्थान, खप्तड, वाब्ला र पातलकोट गा.वि.स.हरु र साफेबगर नगरपालिका १४ ३३७८८ १६६.७१
पन्चदेवल विनायक नगरपालिका कुईका (६-९), विनायक, कालिकास्थान, लयाटी, तोली, पुल्लेतोला, वारला र कालेकाँडा गा.वि.स. २७४८५ १४७.७५
चौरपाटी गाउँपालिका सिउडी, सोकट, पायल, लुग्रा, दुनि र मार्कु गा.वि.स. २५१४९ १८२.१६
मेल्लेख गाउँपालिका ऋषिदह, ठाँटी, कुस्कोट विन्धवासिनी, शोडषा, नन्देगडा र हात्तिकोट गा.वि.स. २४६७० १३४.७८
बान्निगढी जयगढ गाउँपालिका गाँज्रा, जनालीकोट, बरदादेवी, तिमिल्सेन, कालिका र दर्ना गा.वि.स. १७३५९ ५८.२६
रामारोशन गाउँपालिका मलातिकोट, चाफमाण्डौ, शान्तडा, बाटुलासेन, रामारोशन भाटाकाटीया र सुतार गा.वि.स. २५१६६ १७३.३३
ढकारी गाउँपालिका ढकारी, हिच्मा, वलाता, ढुंगाचाल्ना र घोडासैन (१,७,८,९) २१५६२ २२७.८८
१० तुर्माखाँद गाउँपालिका रहफ, भैरवस्थान, तुर्माखाँद, नाडा, रानीवन, तोषी र धमाली गा.वि.स. २४९४० २३२.०७
  जम्मा ९१ २५६१८८ १६६३.८६